माओवादीप्रति जनताको आकर्षण बढेको छ: उपमहासचिव पुन
काठमाडाैं | भदौ ३०, २०८१
तस्बिर फाइल
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीप्रति पछिल्ला दिनमा जनताको आकर्षण बढेको दाबी गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले माओवादी जनताको बीचमा थप स्थापित हुँदै गएको र आकर्षण बढेको बताउनुभयो ।
माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र सङ्ख्या नतोक्न आग्रह गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता पुनले आगामी दिनमा आफूहरु थप सबल र सक्षम बन्ने विश्वस व्यक्त गर्नुभयो । नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सबैप्रति उहाँले सचेत गराउनुभयो ।
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लोकतन्त्रको सर्भिसिङ र रि–ब्राण्डिङ गर्न सुरु गरेको, सुशासनका पक्षमा प्रभावकारी कदम चालेको नेता पुनको कथन थियो ।
भ्रष्टाचार, राज्य दोहनविरुद्ध पूर्ववर्ती सरकारले प्रभावकारी कदम चालेको र त्यसलाई नेपाली जनताले आत्मसात् गरेको नेता पुनको भनाइ छ । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

